सेयर बजारमा थप ४.१३ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । असार १६, सेयर बजार परिसूचक नेप्सेमा बुधबार थप ४.१३ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो ।

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.३२ अंकले घट्दै ५२२.३८ मा झरेको नेप्सेले जनाएको छ । गत मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ४७.४९ अंकले घट्दै २ हजार ८२८ विन्दुमा झरेको थियो ।

नेप्सेका अनुसार आज सेयर कारोबारमा तिब्र गिरावट आई ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको पाईएको छ ।

सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्