आजदेखि सुरु हुने राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता पछि मात्रै

काठमाडौं । असार १७, आजबाट सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै एक साता पछि सारेको छ ।
प्रशिक्षक अब जुलाई ७ देखि सुरु हुनेछ भने मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तयारी छ ।