महेश बाबुले नयाँ फिल्मका लागि ५५ करोड भारू पारिश्रमिक

काठमाडौं । असार १७, दक्षिण भारतीय अभिनेता महेश बाबु हाल ‘सरकारु वारी पाटा’ फिल्ममा व्यस्त छन्।
उनले निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्मका लागि लिएको महँगो पारिश्रमिकको खबर भारतीय सञ्चार माध्यममा छाएको छ।
बलिउड लाइफ अनुसार उनले निर्देशक त्रिविक्रम निवासको आगामी फिल्मका लागि ५५ करोड भारू पारिश्रमिक लिने भएका छन्।
निर्देशक त्रिविक्रम निवास र अभिनेता महेश बाबुबीच ‘अथड’ र ‘खलीजा’ पछिको यो तेस्रो सहकार्य हो। गत मे महिनामा घोषणा गरिएको यो तेस्रो फिल्म चाँडै फ्लोरमा जाने बताइएको छ। उनीहरुले ११ वर्षपछि फेरि एक पटक सँगै काम गर्न लागेका हुन्। खबर अनुसार फिल्मको नाम ‘पार्थु’ राखिएको छ जसबारे आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको छ। महेश बाबुले सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामध्ये एक हुन्।