कोरोना भाइरसको नयाँ लहर, संक्रमितको संख्यामा फेरि वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार १८, कोरोना भाइरसको संक्रमणको नयाँ लहर युरोपमा सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै दुई महिनापछि युरोपमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।

युरोपेली क्षेत्रमा हाल १० प्रतिशतको दरले संक्रमितको संख्यामा बढ्दै गएको छ ।

युरोपेली देशहरुमा भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्