सुनको मूल्य बढ्यो, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । असार १८, नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्