श्रीकृष्ण र शिवको सम्झनामा निरुताले सेयर गरिन् पूराना तस्विरहरु

काठमाडौं । असार १८, सन् १९९९ को चर्चित फिल्म आफन्त चलचित्रका निर्देशक शिव रेग्मी थिए भने अभिनेता अभिनेत्रीमा निरुता सिंह र श्रीकृष्ण श्रेष्ठ थिए ।
केशव भट्टराईले निर्माण गरेको यो फिल्मले बक्सअफिसमा सुपरहिट प्रदर्शन गरेको थियो ।
निरुताबाहेक श्रीकृष्ण, शिव रेग्मी र केशव भट्टराईको निधन भैसकेको छ ।
आफन्त छायांकन सेटका पुराना तस्विर सेयर गर्दै निरुताले ती मान्छे र क्षणलाई याद गरेकी छिन् । उनी लेख्छिन्ः हामी यो जीवनभरी माया अनि याद गरिरहनेछौं । तपाईंहरुको कमी सँधै भरी खट्किरहनेछ ।