१२ वर्षको संघर्षको कहानी बताउदैं नेहा कक्कड, “सब परिवार एउटा कोठामा बस्थ्यौ”

सहयात्रा टिभी

काठमाडौं । असार १८, बलिउडकी चर्चित गायिका नेहा कक्कडको अदभुत आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् ।

१२ वर्षको संघर्षको कहानी बताउदैं केहि समय पहिला नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी थिइन् ।

उनी सिनेमा जगतमा आउनुभन्दा पहिला एक कोठामा भाडामा बस्थिन् । आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गरेकी हुन् ।

नेहा कक्कडले लेखेकी छिन्, ‘यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए । त्यस घरमा हामी कक्कड परिवार एउटा कोठामा बस्थ्यौ । त्यहाँ मेरी आमाले एक टेबल राखेकी थिइन, जुन हाम्रो किचेन थियो । त्यो घर हाम्रो आफ्नै थिएन । हामीले भाडा तिर्थ्यौ । अहिले जब म एउटै शहरमा मेरो आफ्नै यस बंगलालाई देख्छु तब म सधैँ भावुक हुन्छु ।’ नेहाले अगाडी लेखिन् ,”मेरो परिवारलाई धन्यवाद ! आमाबुबा , हजुरआमा र मेरो शुभचिन्तकलाई पनि ।’

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्