‘मायाले नै हो पियारा’ फिमेल भर्सन सार्वजनिक

काठमाडौं । असार १८, देउडा शैलीको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ ।
गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका धर्मेन्द्र सुनारले गायक जोसेफ शाही ठकुरीको ‘पियारी’ गीत गाएसँगै यसले सर्वाधिक चर्चा पाएको छ ।
त्यस्तै फिमेल भर्सनमा विशाखा शाही ठकुरीको स्वर रहेको छ । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफु कस्तो अवस्थामा जिवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ ।
हेरौँ भिडियोः