युरोकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । असार २०, १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । शनिबार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकविरुद्ध संघर्षपूर्ण जित हात पार्दै डेनमार्क सेमिफाइनल पुगेको छ ।
डेनमार्कले चेक रिपब्लिकलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।
यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ ।
पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनलको खेल तालिका :
बुधबार राति १२:४५ बजे – इटाली विरुद्ध स्पेन
बिहीबार राति १२:४५ बजे – डेनमार्क विरुद्ध इंग्ल्यान्ड