टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार २०, काठमाडौँको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुईको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताए छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने टिपर चालक पक्रउ परेका छन् ।

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्