सैनिक बोकेर उडेको विमान दुर्घटना, १७ सैनिकको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । असार २०, फिलिपिन्समा ८५ सैनिक बोकिँ कागायन डि ओरो सिटीबाट उडान भरेको सैनिक विमान आइतबार दुर्घटना भएको छ ।
सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ भने ४० जना सैनिकको उद्दार गरीएको छ । उनीहरुको उपचार भइरहेको छ ।
त्यस्तै घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो ।