जीप दुर्घटनामा परी तीन जनाको मृत्यु

सहयात्रा टिभी

बैतडी । असार २०, बैतडीमा आइतबार बिहान जीप दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो।

चालक र गाडी मालिक भने फरार भएका छन् भने घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्