अमिर खान र किरणको सहमतिमा सम्बन्धविच्छेद

सहयात्रा टिभी

काठमाडौं । असार २०, चर्चित बलिउड अभिनेता आमिर खानले आफ्नो श्रीमती किरण रावसँग सम्बन्धविच्छेद गरेका छन्।

उनीहरुको बीचको १५ वर्षको लामो यात्रा सहमतिमा टुंगिएको बताईएको छ ।

२००५ को डिसेम्बरमा बिहे गरेका आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्।

त्यस्तै सम्बन्धविच्छेद भए तापनि फिल्म तथा उनीहरुको पानी फाउण्डेशनलगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम गर्ने दुवैले बताएका छन्।

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्