थप १६०३ जना कोरोना संक्रमित, २५५२ संक्रमणमुक्त

सहयात्रा टिभी

काठमाडौं । असार २०, नेपालमा थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जनाए ।

पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो।

त्यस्तै, काठमाडौं उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन् ।

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्