यस्तो छ आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौं । असार २१, आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो ।
आज बिहान देशका अधिकांश क्षेत्रहरुमा सामान्य देखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको जानकारी दिएको छ भने साथै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
त्यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ ।