प्रलोभनमा पारेर काठमाडौँमा लगिएका ९ बालबालिकाको उद्धार

सहयात्रा टिभी

सिमकोट । असार २१, हुम्ला जिल्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकालाई राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका उनीहरुको आइतबार उद्धार गरीएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगपालिका–६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट राष्ट्रिय बाल अधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले आठ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ ।

 

 

प्रकाशित : 5 July, 2021

प्रतिक्रिया दिनुहोस्