आज तिन कम्पनीको साधारण सभा

सहयात्रा टिभी

काठमाडौं । असार २१, आज(सोमवार) तीन कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् ।

तीन कम्पनीहरुमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, इन्फिनीटी लघुवित्त वित्तीय सस्था र जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा सिटिस्क्वेर प्रा.लि न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने छ । सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ भने साभाले यस लघुवित्तलाई इन्फिनीटी लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा केन्द्रिय कार्यालय गैडाकोटमा बिहान ९ बजे बोलाएको जानकारी गराएको हो । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारी गर्नेछ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बरावर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय हात्तीसारमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने जसमा एक जना महिला अनिवार्य हुुनुपर्ने प्रस्ताव पनि पारीत गर्नेछ । एजेन्सी

प्रकाशित : 5 July, 2021

प्रतिक्रिया दिनुहोस्