कलाकारलाई भगवानको रुप, अभिनेत्रीको नाममा फ्यानले बनाए मन्दिर

काठमाडौं । असार २२, तमिल फिल्मका फ्यानहरुको कलाकारलाई अलिक फरक किसिमले सम्मान गर्छन् । केही यस्ता अभिनेत्रीहरु छन्, जसको नाममा फ्यानहरुले मन्दिर नै बनाइदिएका छन् ।
त्यस्तै २९ वर्षकी अभिनेत्री हंसिका मोटवानीले अभिनेता धनुषका साथ फिल्म ‘पदिक्कथवन’बाट कलिउडमा आफ्नो यात्रा सुरु गरिन् ।
उनले ‘बोगन’, ‘वेट्टई मन्नान’, ‘पार्टनर’ जस्ता फिल्ममा काम गरेकी छन् । यी अभिनेत्रीको नाममा फ्यानले मन्दिर नै बनाएका छन् ।अभिनेत्री खुशबुले फिल्म ‘किजाक्कु वासल’बाट लोकप्रियता पाइन् । उनको फ्यानले तमिलनाडुको तिरुचिरापल्लीमा एक मन्दिर बनाएका छन् । तर विवाहपूर्व सेक्स र एड्सका विषयमा उनले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया प्रति आपत्ति जनाउदै फ्यानले मन्दिर भत्काइदिएका थिए ।
त्यसैगरी कलिउड फिल्ममा लोकप्रिय अभिनेत्री नमिता त्यहाँको परिचित नाम हो । उनले ‘नान अवान इलई’, ‘अझगिया तमिल मगन’, ‘बिल्ला’, ‘इंग्लिशकरण’ र ‘कोवई ब्रदर्स’ लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । सन् २००८ मा नमिताका फ्यानले तमिलनाडुको तिरुनेलवेलीमा उनका लागि एक मन्दिर नै बनाइदिए ।
सन् २०१४ मा नयनताराका फ्यानले उनका लागि एक मन्दिर बनाउने निर्णय गरेका थिए । तर अभिनेत्रीले यो निर्णयलाई अस्वीकार गरेकी थिइन् ।