कोरोना अपडेटः दुई हजार ६३४ जनामा संक्रमण पुष्टि, १५ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार २२, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५६५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको निको भइसकेको छन्।

 

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्