आजबाट ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज

सहयात्रा टिभी

काठमाडौं । असार २२, कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूका लागि मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु भएको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

त्यस्तै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । काठमाडौं स्वास्थ्य कार्यालयले ३२ स्थानमा खोप केन्द्र तोकेको बताएको छ ।

पछिल्लो पटक ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोप अभियान देशभर सञ्चालन भएको छ ।

 

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्