आज पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, उत्सवको रुपमा नमनाउने

सहयात्रा टिभी

काठमाडौं । असार २३, आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७५ औं जन्मदिन हो ।

उनले यो वर्षको जन्मदिन मनाएपनि जन्मदिनलाई उत्सवको रुपमा नमनाउने बताएका छन् ।

त्यस्तै राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा गरेका थिए ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ । जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

 

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्