अभिनेता दिलीप कुमारको निधन

काठमाडौं । असार २३, भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ।
सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।
कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् तर उनीहरूका सन्तान छैनन्।
कुमारले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।