पेट्रोलियम पदार्थ तथा हवाई इन्धनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार २३, नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको भन्दै निगमले आज मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य १ सय २९ रुपैयाँ, डिजेल र मट्टीतेलको समान १ सय १२ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी हवाई इन्धनको पनि मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८४ रुपैयाँ पुर्‍याइएको छ । अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १९ ले नयाँ बिक्री मूल्य ७ सय ५४ अमेरिकी डलर कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर एक हजार ४ सय २५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्