टिपर दुर्घटनामा परी चालकको मृत्यु

सहयात्रा टिभी

बुटवल । असार २३, पाल्पा–बुटवल खण्डको चरचरेमा चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।

टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका गैरेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा मृत्यु छ ।

 

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्