पहिरोमा पुरिएर ४० वर्षीय खुमबहादुर थापा बेपत्ता

सहयात्रा टिभी

तनहुँ । असार २४, तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

प्रकाशित : 8 July, 2021

प्रतिक्रिया दिनुहोस्