कन्टेनरमा आगलागी, आगलागीसँगै विस्फोट

सहयात्रा टिभी

काठमाडौं । असार २४, दुर्बइको एक बन्दरगाहमा रहेका मुख्य व्यापारिक केन्द्रमा रहेका कन्टेनरमा आगलागी भएको छ ।

आगलागीसँगै भएको विस्फोटले उक्त व्यापारीक केन्द्रमा भागदौड मच्चिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै जेबेल अलि पोर्टमा रहेका जहाजमा लागेका आगो नियन्त्रणका क्रममा विस्फोट भएको हो । विस्फोटमा मानविय क्षति नभएपनि भौतिक क्षतिको विवरण आउन बाँकी रहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकिएको छैन । बन्दरगाहका अधिकारीहरुका अनुसार जहाज सामान्य अवस्थामा अवतरण गरेको थियो ।

 

प्रकाशित : 8 July, 2021

प्रतिक्रिया दिनुहोस्