आजदेखि युनियन लाइफको आइपिओ खुल्यो

सहयात्रा टिभी

काठमाडौं । असार २४, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।

त्यस्तै जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकम बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

जसमध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ।

प्रकाशित : 8 July, 2021

प्रतिक्रिया दिनुहोस्