बिएमडब्ल्यूको नयाँ विद्युतीय स्कुटर, यस्तो छ फिचर

काठमाडौं । असार २४, बिएमडब्ल्यूले नयाँ विद्युतीय स्कुटर सिई ०४ सार्वजनिक गर्ने भएको छ।
सिई ०४ को कन्सेप्ट सुरुमा सन् २०१७ मा भित्रिएको हो। सोही नाममा नयाँ डिजाइन, प्रविधिमा अपग्रेड गरिएको सिई ०४को संस्करण सार्वजनिक गर्ने कम्पनीको भनाइ रहेको छ।
त्यस्तै नयाँ बिएमडब्ल्यू सिई ०४को ब्याट्री सेलको क्षमता प्रति घण्टा ८.९ किलोवाटको हुनेछ। त्यस्तै एक पटकको पूरा चार्जपछि यो स्कुटरमा १ सय ३० किलोमिटरको दुरीको यात्रा गर्न सकिने कम्पनीको भनाइ छ।
नयाँ विद्युतीय बिएमडब्ल्यू सिई ०४ को अधिकतम पावर ३१ किलोवाट अर्था ४२ एचपीको छ। जम्मा २।६ सेकेन्डमा स्कुटर ० देखि ५० किलोमिटर प्रति घण्टाको हिसाबमा गुड्छ। यसको अधिकता रफ्तारमा प्रति घण्टा १२० किलोमिटरको छ।
्छिटो चार्ज हुने चार्जरको मद्दतमा यसलाई पूरा चार्ज गर्न जम्मा १ घण्टा ४० मिनेट लाग्नेछ भने सामान्य चार्जरले स्कुटर पुरा चार्ज गर्न ४ घण्टा २० मिनेटको समय लाग्नेछ।
नयाँ विद्युतीय बिएमडब्ल्यू सिई ०४ मा ‘इको’, ‘रेन’ र ‘रोड’ गरी तीन राइडिङ मोड हुनेछन्। यसमा थप डाइनामिक राइडिङ मोड पनि हुनेछ। नयाँ जेनेरेसनको एबिएसँगै यसमा निकै पावरफुल ब्रेकिङ सिस्टम छ।
त्यसैगरी स्कुटरमा मोबाइल चार्जिङको लागि युएसबी सी टाइपको चार्जिङ पोर्ट पनि छ। यसमा सामान्यभन्दा १०.२५ इन्चको टिएफटी कलर स्क्रिन रहेको छ।
जसमा म्याप न्याभिगेसन र कनेक्टिभिटीको फिचर समावेश गरिएको छ। नयाँ सिई ०४ को हेडल्याम्प, रिअर लाइट र इन्डिकेटर एलइडी प्रविधिमा आधारित छ।
इलेट्रेकका अनुसार यो स्कुटर सन् २०२२ सम्म उपलब्ध हुने छैन जसको अनुमानित बजार मूल्य अमेरिकी डलर ११ हजार ७ सय ९५ हुनेछ। एजेन्सीको सहयोगमा ।