देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । असार २५, हाल देशभर मनसुन सक्रिय रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले महाशाखाले शुक्रबार बिहान विशेष बुलेटिन प्रकाशित गर्दै आउँदो हप्तासम्म नै मनसुन सक्रिय रहने जनाएको छ ।

यस अवधिमा देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही–केही स्थानहरुमा भारी वर्षारधेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्