अनौठो गाईको बाछी, हेर्नको भीड

काठमाडौं । असार २५, बङ्गलादेशको राजधानी ढाका नजिकै च्यारीग्राममा रहेको गाई फार्ममा अनौठो गाईको बाछी जन्मेको छ जसलाई हेर्न मानिसहरुको भीड लागेको छ।
केबल २३ महिनाको गाईको बाछीको उचाई जम्मा ५१ सेन्टिमिटर रहेको छ भने वजन २८ किलो छ।
बङ्गलादेशमा लकडाउनकै बीच पनि रानी नाम गरेको अनौठो गाईलाई हेर्न १५ हजारभन्दा बढी मानिस बंगलादेश पुगिसकेका छन्।
सो फार्मका व्यवस्थापकले संसारकै होचो गाईका रुपमा रानीको रेकर्ड कायम गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आवेदन दिएका समेत बताएका छन् ।
आगन्तुकहरुले आफ्नो जीवनमा यस्तो सानो र अनौठो गाई कहिल्यै नदेखेको बताएका छन्। यस अघि गिजिन वर्ल्ड रेकर्डमा संसारको होचो गाई भारतबाट ६१ दशमलब १ सेन्टिमिटर उचाइको रहेको छ।