कैलाशका ३५० घरमा बिजुली पुगेपछि स्थानीय नयाँ युगमा प्रवेश गरेको अनुभूति

बझाङ । असार २५, जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि बिजुली बत्ती बल्न थालेको छ।
त्यस्तै रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ।’
यसअघि अन्य गाउँम बलेको बिजुली हेर्दै रात काट्ने गरे पनि अहिले आफ्नै गाउँमा बिजुली बल्न थालेपछि खुसी भएको ६२ वर्षीय केशवबहादुर सिंह बताउँछन्।
जेठदेखि नै गाउँमा बिजुली वितरण गर्ने योजना भए तापनि तार तान्न ढिलाई भएकाले वितरण पनि ढिलाइ भएका वडा नम्बर १ का अध्यक्ष गगनबहादुर सिंहले जनाए।