महावीर पुनलाई अमेरिकाका दुई मेयरद्धारा सम्मान

सहयात्रा टिभी

काठमाडौं । असार २५, वैज्ञानिक महावीर पुन अमेरिकामा सम्मानित भएका छन ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न अनुसन्धानमूलक काम गरेको भन्दै उनलाई ओहियो शहरका दुई मेयरले सम्मान गरेका हुन् ।

आफैँ पढेको नेब्रास्का विश्वविद्यालयमा काम परेर उनी करिब दुई महिनाअघि अमेरिका गएका थिए । त्यहाँको बसाइँमा नेपाल आविष्कार केन्द्रले गरिरहेको कामबारे जानकारी दिन उनी विभिन्न कार्यक्रममा सहभागीसमेत भए । उनी आविष्कार केन्द्रका संस्थापक हुन् ।

त्यस्तै अमेरिका बसाइँमा आफू २८ वटा राज्यको ५२ शहरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको उनले बताए । महावीर पुन लामो समययता सामाजिक कार्यमा समेत सक्रिय छन् ।

 

 

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्