अब कहिले खुल्छन् त विद्यालय ?

सहयात्रा टिभी

काठमाडौं । असार २७, कोरोना महामारीले गर्दा लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् भने शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भएतापनि ग्रामिण क्षेत्रमा त्यो सम्भब हुन सकेको छैन ।

हाल दैनिक मात्रामा २ हजारको आसपासमा नयाँ संक्रमित भेटिने गरेको छ भने जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउन सक्ने चेतावनी पनि दिएका छन् ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइएको छ । होटल, रेष्टुराँ, सार्वजनिक यातायात सबै खुलेका छन् । तर विद्यालयहरु कहिलेबाट र कसरी खोल्ने कुनै टुंगो लागेको छैन ।

विद्यालय सञ्चालन तथा बन्दको अधिकार स्थानीय तहको भए पनि केन्द्र सरकारले नै निर्णय गर्दै आएको छ । विद्यालय खोल्नेबारे कुनै निर्णय गरेको छैन ।

हेटौंडा उपमहानगरपालिकाले पनि विद्यालय खोल्ने निर्णय आफूहरुबाट नभएको नभएको र कोभिड–१९ संकट व्यवस्थापन समिति ९सीसीएमसी० को निर्णयमा भर पर्ने बताएको छ । शिक्षा शाखा प्रमुख गंगाधर रिमाल भन्छन्, ‘सीसीएमसीले के निर्णय गर्छ, त्यही हुन्छ ।’ यद्यपि कोरोना संक्रमण विस्तारै घट्दै गएको र यसरी नै घटे अबको दुई महिनापछि भौतिक रुपमा पठनपाठन गर्न सकिने अनुमान गर्छन् रिमाल ।

नेपाल शिक्षक महासंघले पनि शिक्षक तथा कर्मचारीलाई खोप दिन माग गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी सबै क्षेत्रका कर्मचारीलाई खोप दिंदा शिक्षकलाई प्राथमिकतामा नराखेकोमा आक्रोश पोख्छन् । भन्छन्, ‘सबैलाई खोप दिने, शिक्षकलाई नदिने १ योभन्दा उपेक्षा अरु के हुन्छ रु’ जेठ १६ गतेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट १३४ जना शिक्षकको मृत्यु भइसकेको महासंघले जनाएको छ । खोप नभएसम्म विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न नसक्ने सुवेदी बताउँछन् । एजेन्सीको साथमा ।

प्रकाशित : 11 July, 2021

प्रतिक्रिया दिनुहोस्