मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

मकवानपुर । असार २७, हेटौंडामा सवारी दुर्घटनामा परी एक मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मोटरसाइकल दुर्घटना हुँदा कार्की घाइते भइ हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको हो ।