नागढुंगा सुरुङमार्ग २ सय ८५ मिटर पूरा, २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । असार २७, नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्ग २ सय ५८ मिटर, क्रस प्यासेज ९.५ मिटर, आकस्मिक मार्गतर्फ ६ सय १८ मिटर र खनिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ ।

४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए ।

लम्बाइ २.६७ किमि, चौडाइ ३.५ किमि, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमि, पश्चिम लम्बाई ०.५६५ किमि निर्माण हुनेछन् ।

२०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो योजनाले आयोजना स्थलमा निर्माणका लागि सुरुङमार्ग खन्न निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम पूरा भएसँगै सुरुङमार्ग खन्ने काम सुरु गरेको थियो ।
दुईवटा सुरुङमार्ग निर्माण गरिने भएको छ ।

दुई इन्टर चेन्ज (फ्लाईओभर र अन्डरपास) ब्रिजसहित निर्माण हुनेछ । रोड साइड सर्भिस सेन्टर (रेस्टुराँ, शौचालय, डिपार्टमेन्ट स्टोर) सहित धादिङतर्फको क्षेत्रमा पार्किङ स्थल, नागढुंगा सुरुङमार्ग तथा एप्रोच सडकको निर्माणका लागि त्रिभुवन राजमार्गको बलम्बु, काठमाडौंबाट सुरु भएर आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै त्रिभूवन राजमार्गको धादिङ सिस्ने खोलामा गएर राजमार्गलाई जोड्नेछ । एजेन्सीको साथमा

प्रकाशित : 11 July, 2021

प्रतिक्रिया दिनुहोस्