सुन्दरतालाई निखार्ने घरेलु औषधीः गोलभेडा
काठमाडौं । असार २७, गोलभेडाले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ ।
यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।
गोलभेडा स्वास्थको दृष्टिकोणले निकै राम्रो मानिन्छ र जसलाई छालामा पनि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ ।
यसमा भिटमिन सी पाईन्छ जसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । छालाको समस्यालाई टाढा राख्दछ ।
गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ ।
यदि आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ । कपालको चाँया कम गर्दछः चिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ ।
गोलभेडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ । यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेडाको रसलाई महमा मिसाएर यसको पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रुपमा नरम र चम्किलो हुने गर्दछ ।