शेयर बजारमा एकैदिन ७३ अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार २७, साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको बृद्धि आउँदा कारोबार पनि ८ अर्ब माथि पुगेको छ ।

त्यस्तै उतार चढावबीच बजार परिसूचक नेप्से ७३ अंकले बढेर २८ सय ९८ अंक पुग्यो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय ९८ अंकको बृद्धि आएको छ भने निर्जीबन बीमा र विकास बैंक दुवै समूह ३ सय ५५ अंकले उकालो लागे ।

वित्त समूह १ सय ८१ अंकले बढ्दा लघुवित्त समूह पनि १ सय ३२ अंकले उक्लियो ।

त्यसैगरी उत्पादनमूलक समूह ९३ अंक र होटल तथा पर्यटन समूहमा ७१ को बृद्धि आउँदा जलविद्युत, व्यापार र वाणिज्य बैंक पनि दोहोरो अंकले सुधारिए ।

प्रकाशित : 11 July, 2021

प्रतिक्रिया दिनुहोस्