भरुवा बन्दुकसहित २ व्यक्ति पक्राउ

बाग्लुङ । असार २८, प्रहरीले भरुवा बन्दुकसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै निसिखोला गाउँपालिका–४ माझपाखा बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा तथा निसिखोला गाउँपालिका–४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।