सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार २८, नेपाली बजारमा आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रकाशित : 12 July, 2021

प्रतिक्रिया दिनुहोस्