१४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२३ मार्चमा पाकिस्तानमा आयोजना हुने

काठमाडौं । असार २८, १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मार्चमा पाकिस्तानमा आयोजना हुने भएको छ ।
साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
साग आयोजना हुने खेलस्थल निरीक्षण गर्न साउथ एसियन ओलम्पिक कमिटीका ओलम्पिक कमिटीहरुलाई सन् २०२१ को अन्त्यमा निमन्त्रणा गर्ने निर्णय भएको छ ।