ट्याक्टर दुर्घटना परी दुईको मृत्यु

रौतहट । असार २९, रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ना ४ त १५०७ नम्बरको ट्याक्टर राति ११ः५५ बजेको समयमा देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।