राष्ट्रपति भण्डारीद्धारा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौं । असार २९, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
त्यस्तै राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतका अनुसार मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् भने आज साँझ ६ बजे उनलाई शपथ ग्रहणको लागि बोलाइएको छ।