महाराजगञ्ज–बुढानीलकण्ठ सडक खण्ड धमाधम मर्मत हुँदै

काठमाडौं । असार २९, सडक डिभिजन कार्यालय काठमाडौंद्दारा महाराजगञ्ज–बुढानीलकण्ठ सडक खण्डको मर्मत सुरु गरीएको छ ।
वर्षा मौसममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेको छ ।
स्थानीयले नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउबाको निजी निवास जाने सडक भएकाले बल्ल सडक विभागले चासो दिएको भन्दै सामाजिक सञ्जालमा ब्यंग्य गरेका छन् ।