चलचित्रमा काम नभएपछि हमालले सुरु गरे म्युजिक भिडियो

सहयात्रा टिभी

काठमाडौं । असार २९, लकडाउन भएसँगै चलचित्रमा काम नभएपछि थुप्रै अभिनेता र अभिनेत्रीले म्युजिक भिडियोको कामलाई अगाडि बढाएका छन् ।

त्यस्तै अभिनेता राजेश हमाल भने अग्रपंक्तिमा रहेका छन् । गत वर्ष लकडाउनपछि उनले अभिनय गरेका एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भएका थिए ।

यसवर्ष पनि निषेधाज्ञा खुकुलो भएसँगै उनको म्युजिक भिडियो छायांकनले गति लिएको छ ।

चार वर्षपछि ‘सत्यम्’मार्फत् चलचित्रको पर्दामा फर्किने हमालको तयारी थियो । उनले चलचित्रको काम सुरु भएपछि म्युजिक भिडियोमा काम नगर्ने बताएका पनि थिए । तर, चलचित्रको काम कहिलेदेखि सुरु हुने भन्ने अन्यौल रहँदा म्युजिक भिडियोमा काम गर्न सुरु गरेका हुन् ।

उनले सोमबार अजय कार्कीको स्वरमा रहेको ‘हामी देश बचाँउ’बोलको देशभक्ति गीतमार्फत् म्युजिक भिडियोको काममा आफूलाई फर्काएका हुन् ।

प्रकाशित : 13 July, 2021

प्रतिक्रिया दिनुहोस्