केपी शर्मा ओलीले भोलि मात्र बालुवाटार छोड्ने
सहयात्रा टिभी
काठमाडौं । असार २९, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् ।
सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् भने आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ ।