आज बालुवाटारबाट बिदा हुँदै ओली, युवा संघका कार्यकर्ताले स्कर्टिङ गर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार ३०, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाँड्दैछन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि पदमुक्त भएका ओली आज बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका हुन् ।

प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली आज बालुवाटारबाट बिदा हुन लागेका हुन् ।

ओली बालकोट जाँदा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले स्कर्टिङ गर्ने भएको छ ।

एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता, कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालकोटसम्म लानेछन् ।

युवा संघले प्रधानमन्त्री ओलीलाई करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ ।

यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्