चट्याङ लागेर दुईको मृत्यु

सहयात्रा टिभी

उदयपुर । असार ३०, उदयपुरको त्रियुगा नगरपालिका–३ मुसहरीमा मंगलबार साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

उनीहरुलाई घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो। चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डीएसपी गौतमले बताए।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्