यस्तो छ आजको मौसम

काठमाडौं । असार ३०, मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ ।
अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।