गुडिरहेको बसमा बम आक्रमण, ९ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ३०, पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार अज्ञात व्यक्तिले गुडिरहेको बसमा बम हमला गर्दा कम्तीमा पनि ९ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन्।
सो प्रान्तको दासु क्षेत्रमा कामदारहरू लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरूले हमला गरेका थिए। बसमा रहेका अरू घाइते यात्रुहरूमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।
उक्त हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन। अहिलेसम्म सो हमलाको जिम्मेवारी कुनै व्यक्ति या समूहले लिएको छैन।