आजबाट माछापुच्छ्रे बैंकको साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला

सहयात्रा टिभी

काठमाडौं । असार ३१, असार ३१ गते बिहीवारदेखि माछापुच्छ्रे बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ ।

बैंकले कार्यालय समयपश्चात १० वर्ष अवधिको “८.५% माछापुच्छ्रे डिबेन्चर २०८७” नामको रू ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

त्यस्तै कुल कित्तामध्य रू १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ भने १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट पनि ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

त्यसैगरी प्रतिऋणपत्र रू १ हजार मूल्यको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । यो ऋणपत्र छिटोमा साउन ४ गतेसम्म र उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन १७ गतेसम्म विक्रीमा रहने बताईएको छ । एजेन्सीको साथमा ।

 

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्